एजेन्सी, असार १० । विधानसभा चुनाव अगाडी बिहारमा राजनीतिक खेल शुरु भएको छ । ‘आप र हम पार्टी आरजेडीमा विलय भएको छ । सोमबार विलयको घोषणा गर्दै, आप र हम पार्टीका राष्ट्रिय अध्यक्ष जगन्नाथ साहले आफ्ना समर्थकहरू सहित आरजेडीको सदस्यता लिएका छन । आरजेडी प्रदेश अध्यक्ष मंगनीलाल मण्डलले ती सबैलाई पार्टीका सदस्यता प्रदान गरे ।
आप र हम एक गुमनाम पार्टी थियो, जसको कुनै उपलब्धि थिएन । आरजेडी प्रदेश प्रवक्ता एजाज अहमदले भने ‘ जगन्नाथसँगै अविनाश कुमार, कुन्दन सिंह पटेल, मीरा गुप्ता, अविनाश साई आदिले आरजेडीको सदस्यता लिएका छन्।’
विलयीकरणको अवसरमा राजद राष्ट्रिय उपाध्यक्ष उदय नारायण चौधरी र राष्ट्रिय सचिव भोला यादव लगायतको उपस्थिति रहेको थियो ।
जगन्नाथले लालु प्रसादको विचार र तेजस्वी यादवको कामबाट प्रभावित भएर आफ्नो पार्टी आरजेडीमा विलय गरेको बताए । मंगनीलालले ती सबैलाई संविधान र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्न सधैं संघर्ष गर्न आह्वान गरे।
विधानसभाको चुनाव नजिकीदै जाँदा बिहारमा राजनीतिक खेल एक पछि अर्को हुन थालेको छ । ठुलादलहरुले सानादलहरुलाई गठबन्धन वा पार्टी विलयीकरणको क्रियालाई तीब्रता दिएका छन ।






