चुनाव अगाबै तेजस्वीलाई झटका , दिग्गज नेता भाजपामा



एजेन्सी, असार १४ । बिहार विधानसभा चुनाव अगाबै आरजेडी नेता तेजस्वी यादवलाई झटका लागेको छ । डा. बिहारको चुनावी राजनीतिक वातावरण ताती रहेकै बेला , जहानाबादका प्रभावशाली आरजेडी नेता डा. अजित यादव तेजस्वी छोडेर भाजपामा सामेल भएका छन् । चुनावको ठीक अगाडि यो आरजेडीको लागि ठूलो धक्का मानिएको छ ।

एकातिर राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादव आफ्नो पार्टीलाई एकताबद्ध गर्न र चुनावी तयारीलाई बलियो बनाउन व्यस्त छन् भने अर्कोतिर उनको पार्टीलाई ठूलो धक्का लागेको छ ।

आरजेडी विरुद्ध गम्भीर आरोप

हिजो शुक्रबार, डा. अजित यादवले पटनास्थित भाजपा प्रदेश कार्यालयमा लगभग ३०० समर्थकहरू सहित पार्टीको सदस्यता लिए । यस क्रममा प्रदेश अध्यक्ष डा. दिलीप जयसवाल उपस्थित थिए । डा. यादवले आरजेडी विरुद्ध गम्भीर आरोप लगाउँदै भने, उनले र उनका बुबा सुरेश यादवले वर्षौंसम्म पार्टीको लागि कडा परिश्रम गरे, तर उनीहरूले कहिल्यै उचित सम्मान पाएनन् ।

उनले भने, “मेरो बुबाले आफ्नो वफादारीको प्रतिफल पाउनुभएन, र मैले पनि आरजेडीमा कुनै भविष्य देखेको थिइनँ। भाजपाले मलाई र मेरा समर्थकहरूलाई सम्मान ग¥यो, त्यसैले मैले यो कदम चालें।“ डा. यादवले भने, यो कार्यक्रम पहिले जहानाबादमा भव्यताका साथ आयोजना हुनेवाला थियो, तर भाजपा जिल्ला उपाध्यक्ष सोहन प्रसाद उर्फ कक्कु जीको अचानक निधनका कारण पटनामा आयोजना गरिएको थियो।

जहानाबादमा बलियो पकड

डा. अजित यादव आरजेडीका वरिष्ठ नेता मात्र होइनन्, तर उनी एक सफल उद्योगपति र सामाजिक कार्यकर्ताको रूपमा पनि चिनिन्छन् । जहानाबादको स्थानीय राजनीतिमा उनको बलियो पकड र युवाहरूमाझ लोकप्रियताले उनलाई प्रभावशाली अनुहार बनाउँछ। उनको भाजपामा सामेल हुनाले यस क्षेत्रमा पार्टी बलियो हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ असार १४, शनिबार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको