निजी विद्यालय सहारा बनेका विद्यार्थीको उदाहरणीय सफलता

एसईईमा ल्याए ३.९१ जिपिए


श्याम कुमार ठाकुर
सिरहा, असार १५ । सिरहाको मिर्चैया स्थित निजी विद्यालय सहारा बनेका एक विद्यार्थीले एसईई परीक्षामा उदाहरणीय सफलता प्राप्त गरेको छ । उनले भर्खरै सार्वजनिक भएको नतिजामा ३.९१ जिपिए प्राप्त गरेका छन ।

मिर्चैया नगरपालिका–६ बस्ने स्वर्गीय जितेन्द्र महतोका तीन छोराहरूको भविष्य अन्धकारमय हुने खतरा रहेको बेला मिर्चैया नगरपालिका–५ मा अवस्थित निजी विद्यालय मिथिला बिद्या मन्दिरले सहारा दिएका थिए ।

लामो समयदेखि क्यान्सर पीडित महतोको उपचारको क्रममा मृत्यु भएपछि आर्थिक संकटमा परेको बेला महतो तीन वटै छोरालाई मिथिला विद्यामन्दिरले पढाउने जिम्मेवारी लिएका थिए । सोही तीन छोरा मध्ये एकले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।

विद्यालयको यो सहयोगले मात्र उनिहरुको पढाइ निरन्तर मात्र भएन , तीमध्ये एक छोरा राहुल महतोले एसईई परीक्षामा उत्कृष्ट सफलता नै हासिल गरेका छन । यस उपलब्धिले विद्यालयको मानवीय पहललाई अझ प्रेरणादायी बनाएको छ।

विद्यालय प्रशासनका अनुसार, हामी शिक्षालाई व्यवसाय मात्र होइन, सेवा पनि मान्छौं। यस्ता दुःखद परिस्थितिमा परेका विद्यार्थीका लागि हाम्रो विद्यालयको ढोका जहिले पनि खुला छ।

स्थानीय समुदाय, अभिभावक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले विद्यालयको यो कदमको उच्च प्रशंसा गरेका छन्। स्व. महतोका परिवारले विद्यालयप्रति गहिरो आभार व्यक्त गर्दै भनेका छन्, “विद्यालयले जुन साथ र सहारा दियो, त्यसले हाम्रा छोराहरूको भविष्य उज्यालो बनाएको छ।”

मिथिला बिद्या मन्दिरको यो सामाजिक उत्तरदायित्वले शिक्षा क्षेत्रमा सहानुभूति र समर्पणको बलियो सन्देश दिएको छ।

 

प्रकाशित मिति: २०८२ असार १५, आईतवार १२:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको