मुगु, असार १६। अविरल वर्षापछि अवरुद्ध कर्णाली राजमार्ग गगनेखोलाको अबरुद्व सडक सन्चालनमा आएको छ ।
गए रातिदेखि भएको अविरल वर्षापछि आएको पहिरोले विहान ६ बजेदेखि अबरुद्व कर्णाली राजमार्ग १० बजेपछि सन्चालनमा सडक आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।
कालिकोट स्थित गगनेखोलाको पहिरो पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिरो खसेर पुन अवरुद्ध सडक भएको छ ।
राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ ।
कालीकोटको जितेगाडमा ठूलो ढुङ्गा सहितको पहिरो आएर सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए ।




