जग्गा विवादमा जनकपुरका मेयरका काकाको हत्या



जनकपुरधाम, असार १८ । जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहका काकाको हत्या जग्गा विवादमा उनकै ज्वाँइले गरेका छन् । जनकपुरधाम उप–महानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ बर्षीय बासुदेवप्रसाद विमलको उनकै ज्वाँइ जनकपुरधाम–२१ कुर्था बस्ने ४८ बर्षीय बेचन महासेठले जग्गा विवादमा हत्या गरेका छन् ।

ससुरा विमल र ज्वाँइ महासेठबीच केही बर्ष देखि लेनदेन विवाद चल्दै आएको थियो । ज्वाँइ महासेठवाट ससुरा विमलले ८० हजार रुपैयाँ लिएको र त्यस वापत एक कठ्ठा जग्गा दिने पञ्चायत भएको थियो तर त्यस जग्गाको अहिले मुल्यांकन अकाशिए पछि ससुराले अनाकानी गर्दै आएका थिए ।

आज विहान त्यसै विषयमा ससुरा विमल र ज्वाँइ महासेठ बीच बिबाद चुलिएपछि ज्वाँइले ससुरालाई चक्कु प्रहार गरी हत्या गरिएको स्थानीयबासीहरुको भनाई छ । दुवै जनावीच धेरै पुरानो लेनदेन रहेको तर, ससुरा विमलले कवुल गरेको जग्गा दिन नमानेपछि झोकिएर ज्वाँइ महासेठले प्रहार गरेको चक्कुवाट ससुराको मृत्यु भएको छ ।

जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साह र स्थानीय भरभलादमीले गरेको पञ्चायतवाट ज्वाँइ महासेठलाई एक कठ्ठा जग्गा दिने निर्णय गरिएको थियो । ज्वाई महासेठले मेयर मनोज साह लगायत उनका घर परिवार र गाउँका भरभलादमीलाई पटक–पटक यस बिषयमा जानकारी गराउँदा समेत ससुरा विमलले त्यस बिषयमा चासो लिने गरेका थिएन् ।

८० हजार रुपैयाँमा एक कठ्ठा जग्गा नदिने अडान मृतक विमलले लिएका थिए । अहिले सो जग्गाको मुल्य धुरमा चलि रहेको भन्दै ज्वाँइलाई पटक पटक रित्तो हात फर्काउने गरेका स्थानीयबासीहरुको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले पनि जग्गासम्बन्धी घरायसी विवादकै कारण बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेका बताएका छन् ।

ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पु¥याइए पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीयबासीहरुले मृतक विमलले सकार गरेको जग्गा दिनुपर्ने बताउँदा पनि उनी सो जग्गा दिन मानि रहेका थिएन् । स्थानीयबासीले भने–‘मृतक विमलका छोरी ज्वाँइ हप्तै पिच्छे यहाँ आएर सवैलाई यस बिषयमा जानकारी गराउँदा समेत उनी मानिरहेका थिएनन्, होनी ठूलो थियो त्यै भएर यस्तो भएको हुनसक्छ ।’

 

प्रकाशित मिति: २०८२ असार १८, बुधवार १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको