मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एकजनाको मृत्यु



ओम प्रकाश यादव
रौतहट, असार २४ । रौतहटमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। दुर्घटनामा परोहा नगरपालिका -७ नरकटियाका रामेश्वर पासवानको २२ वर्षिय छोरा करण पासवानको मृत्यु भएको हो।

सोमबार दिउँसो जिल्लाको बौधिमाई नगरपालिका -७ बाँसझ्या नजिक बंकुल नरकटिया भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पासवानले आफैले चलाउँदै गरेको बा. ५२ प. ७५०९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर उक्त दुर्घटना भएको बताइएको छ ।

तिब्र गतिमा जाँदै गरेका पासवान नियन्त्रण गुमाउँदा उनको मोटरसाइकल बिजुलीको पोलमा ठोकिन पुगेको थियो।

बिजुलीको पोलमा ठोकिँदा उनी धानको खेतमा लडेका थिए । तिब्र गतिमा रहेका मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोकिँदा धानको खेतमा लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: २०८२ असार २४, मंगलवार १८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको