बढ्दो वायु प्रदूषणका कारण नेपाल जोखिमपूर्ण अवस्थामा छ । जुनसुकै मौसममापनि प्रदूषणको जोखिम रहने भएकाले हालको मनसुनमापनि सचेत रहनुपर्ने देखिन्छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक अध्ययनप्रतिवेदनले काठमाडौं उपत्यका र तराई वायु प्रदूषणका लागि हटस्पट भएको साथै वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउने र वार्षिक रूपमालगभग २६,००० जनाको अकालमा मृत्यु हुने गरेको जनाएको छ । विश्वबैंकको प्रतिवेदन साथै मनसुनमाहुने वायुप्रदुषणको जोखिमलगायतकाविषयमाचर्चित वातावरणविद् भुषण तुलाधरले कुराकानी गरेका छन् ।
यतिबेलानेपालको वायु प्रदूषणको अवस्था कस्तो छ, मनसुनको समयमावातावरण सम्बन्धी कस्तो जोखिमहुनेगर्छ ?
मनसुनभएकाले वायु प्रदूषण केहीकम नै भएको छ । किनभने पानीले मौसम सफा बनाउँछ । यद्यपी, केही ठाउँमा प्रदूषण कायम नै छ । नेपालमा सबैभन्दा बढी प्रदूषित ठाँउ कुनहो भनेर खोज्ने हो भने, नेपालको आधाजति घरको भान्छाहरु नै हुन् । हरेक समयमादाउरा, गुइँठा प्रयोग गर्ने गरेका छन् । त्यसले प्रदूषण बढाइरहेको छ । मनसुनको समयमावायु प्रदूषण घट्छ र पानीकोमात्रा बढ्ने सम्भावना हुन्छ । जसले गर्दा हैंजा, झाडापखाला जस्ता रोगहरु लाग्नसक्छन् । प्राकृतिकप्रकोपका कारणपनि रोगहरु आउन सक्ने सम्भावनाहुन्छ । त्यसैले यो मनसुनमाचाँहिपानीको प्रदूषण र विपत्तीका घटनाहरुले गर्दा जोखिम बढ्ने गर्छ ।
मौसमअनुसार वायु प्रदूषणले मानव स्वस्थ्यमा कस्तो किसिमको जोखिम देखिने गर्छ ?
मौसमअनुसारको वायु प्रदूषणले मानिसको स्वास्थ्यमाएकदमै ठूलो जोखिम बढ्ने गरेको छ । विश्वव्यापी रुपमा नै यो मानिसको जनस्वास्थ्यको सबैभन्दाप्रमुखचुनौतिभनेर भनिएको छ । विश्व स्वस्थ्यसंगठनले नै मानिस मृत्युको प्रमुखकारणप्रदूषण हुने गरेको भनेको छन् । वातावरण प्रदूषणका कारण हावाफोहोर आउँछ र त्यो मुटु हुँदै शरीरका भागमापुर्याउनेहुनाले यो चुनौतिको रुपमा छ ।नेपालमावायु प्रदूषण प्रमुखसमस्याको रुपमाआइसकेको छ । जन्मदेखि मृत्युसम्मचाहिने भनेको हावाहो त्यहिहावा नै प्रदूषितआउनथाल्यो भने मानिसको जनस्वास्थ्यमा ठूलो चुनौती बनेर आउने गर्छ ।
विश्वबैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा उपत्यका र तराई नेपालको वायु प्रदूषणका लागि हटपस्ट भनिएको छ । हजुरलाई के लाग्छ ?
विश्वबैंकले निकालेको अध्ययनप्रतिवेदनसही छ । अरु अरु प्रतिवेदनले पनित्यस्तै रिपोर्टहरुनिकालेको छ । सरकारले पनिजुनकिसिमले मापन गर्छ वायु प्रदूषण त्यसले पनित्यही देखाएको छ । काठमाडौ उपत्यका, जहाँ स्रोत–साधनकामात्रा बढी भएकाले प्रदूषण बढी छ । उपत्यकाभएकाले पनित्यो प्रदूषण गुम्सिएर बसेको हुन्छ । दोस्रो भनेको तराई क्षेत्र हो । तराईमा पनि प्रदूषणको स्रोतहरु धेरै छन् । बाहिरबाट सँगै आएका सवारी साधनहरुलेपनि धेरै असर गरेको छ । र अर्कोभनेको खेतीगर्दा जुनअवशेषहरु आँउछन् त्यसलाई जलाउने गरिएकाले पनित्यहाँ बढी प्रदूषण हुने गरेको छ ।
विश्वबैंकले वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ बर्षले घटाँउछ र बार्षिक रुपमालगभग २६००० जनाको अकालमा मृत्यु निम्त्याँउछ भनिएको छ । हजुर यसबारे के भन्नुहुन्छ ?
विश्वबैंकले जुन ३.४ बर्षले औसत घटाउँछभन्नेप्रतिवेदननिकालेको छ त्यो सहीछ । तर त्यति ढाटा तराईतिर हेर्ने हो भने पाँचबर्षले घटेको देखिन्छ । कतिपय ठाँउमा पाँचभन्दा बढी छ ।त्यसैले विभिन्नप्रतिवेदनले देखाएअनुसार हामीएकदमै धेरै गम्भीरहुनआवश्यक छ । विश्वबैंककाअनुसार प्रदूषणले स्वास्थ्यमामात्रहोइन अर्थतन्त्रमापनिगम्भीर असर पारिरहेको हुन्छ । त्यसले गर्दा नेपालको कुलग्राहस्थउत्पादनमा ६ प्रतिशतनाश गरिरहेको छ भन्ने देखाइ रहेको छ । विश्वबैंकले जुनअध्ययन अनुसन्धान गरेको छ त्यो राम्रो हो । त्यसलाई गम्भीरतार्पूवकलिन जरुरी छ ।
प्रदुषणले स्वास्थ्यको अतिरिक्त्त कुन–कुन क्षेत्रमा असर पारिरहेको छ ?
सबैभन्दा ठूलो कुरा भनेको मानवस्वस्थ्यमा नै असर गर्छ । यसले शिक्षादेखि बालबालिकाको मस्तिकमा समेत गम्भीर असर पर्छ । त्यसले गर्दा बालबालिकाको मस्तिष्कमागहिरो असर परेर पढ्न नसक्ने समेत हुन्छ ।पर्यटन क्षेत्रमा असर गर्ने हुँदा अर्थतन्त्रपनि घट्छ । यसको सुरुवातमात्र स्वस्थ्यहो ।
वातावरण जोखिमन्यूनीकरण र प्रदूषण कम गर्न नेपालले के कुरामा प्राथमिकता दिनुपर्छ ? सिमेन्ट, इटाभट्टा उद्योगहरु संचालनको कुनै नयाँ प्रविधि छ ?
सबैभन्दा पहिला हामीले बुझनुपर्ने के हो भने विश्वकाप्रदूषित सहरहरुमध्ये सबैभन्दा धेरै प्रदूषित सहरमा पर्छौ । त्यसलाईबुझेर त्यसको समस्याको समाधानखोज्ने हो भनेदेखि सबै मिल्दै जान्छ । जस्तै विद्युतीय गाडीको प्रयोग गर्ने, इट्टाभट्टहरुमा कोइलाको ठाँउमा वायु प्यालेटहरु प्रयोग गर्ने गरियो भने वायु प्रदूषण कमहुन सक्छ । यस्ता उद्योगहरु नेपालमामात्रहोइनविदेशीमुलुकमापनि छन् । सबैतिर यसैगरि चलाउने गरेका छन् । सबैले गर्दा हामीले पनि गर्न सक्छौँ ।
केही महिनाअघि मात्र काठमाडौं प्रदूषित सहरमध्ये एक नम्बरमा परेको थियो । अब सरकारले वातावरण प्रदूषण न्यूनिकरण गर्न के कस्तो कदमचाल्नुपर्ला ?
सरकारले यो विषयलाई विशेष प्राथमिकतामा राख्न जरुरी छ । प्राथमिकतामा राख्ने वित्तिकै समाधानखोज्न थालिन्छ । अनिबल्लकामगर्न सुरु हुने भएकाले सबैभन्दापहिलायसलाई प्राथमिकतामा राख्नआवश्यक छ । त्यसकालागि योजनाबद्ध तवरले योजनाबनाएर अघि बढ्नपर्छ । नेपालको वायु प्रदूषणको व्यवस्थापनकालागिकार्ययोजनाबनाएर त्यसमालगानी गर्न सक्नुपर्छ । लगानीगर्न सरकारसँग जनताबाट उठाएकोप्रशस्तमात्रामा पैसा छ । तर त्यो खर्च गर्न सकेको छैन । बर्षमा तीनचार अर्ब पैसा उठ्छ । त्यहाँबाट पनिव्यवस्थापन गर्न सकिन्छ । यस्ता प्रदूषण घटाउनेउपायहरु थुप्रै छन् । जस्तै विद्युतीय सवारी साधानहरु ल्याउने,घर भित्रको धँुवाधुलो हटाउने विशेषउपायहुन् । त्यसकालागि सरकारले र जनतादुृवैले महत्वपूर्ण भुमिका खेल्न आवश्यक छ ।
प्रदूषण नियन्त्रणमा हाल सरकारले गरिरहेको कामप्रतितपाईको भनाइ के छ ?
सरकारले कामनगरेको होइन गरेको छ । तर प्रर्याप्तमात्रामा गरेको छैन् । जुनगम्भीरताकासाथयसलाई हेरिनुपर्ने हो त्यसरी हेरिएको छैन । गरेको कामभनेको विद्युतीय सवारी साधनमा कर कम गरेको छ । तर त्यतिले मात्रनपुग्ने भएकाले सार्वजनिकयातायातमाविद्युतीकरण गर्न सक्यो भने सहज हुन्छ । तर यो गर्नचुनैतिको विषयछ । डिजेलको भन्दाविद्युतीयबसहरु महंगो छ । त्यसैले सरकारले केही गरेको छैन । सरकारले यसलाई गम्भीरतापूर्वक लिएर अघि बढ्न आवश्यका छ ।
काठमाडौंउपत्यकाकै अवस्था हेर्दा महानगरपालिकाले सडकमा भएकाफोहोर उठाउनुका साथै सडकका पेटीहरुमा समेत रगंरोगन गरि बिरुवाहरु रोपेको छ । त्यस्ताकामले वातावरण प्रदुषण न्यूनिकरण कतिको सहजीकरण गरेको छ ?
पक्कैपनि सहर राम्रो देखिएको छ । ठाँउ ठाँउमा वृक्षारोपण गरिएको छ । काठमाडौंले मात्रहोइनललितपुरले पनि गरेकै छ । यो धेरै राम्रो हो । तर अलिकतिकहाँनिर चुक्यो भने त्यो फोहोर संकलन गरिसकेपछि के गर्ने भन्ने निष्कर्ष निकालेको छैन् । अहिले त्यो लगेर सिस्टोलमाफालिरहेको छ । र सिस्टोलमात्यो धेरै चाँडो भरिने वाला छ । त्यसलाई पुनःप्रयोग गर्न सक्नुपर्ने हो भएको छैन् । बेलाबेलामा कवाडीहरुलाई लखेटिने गरेको छ, कहिले कहिले कवाड कर लिने गर्छ । कवाड कर लिने भनेको पुर्ण प्रयोग गर्न नसकिने कुरामाहो । पुर्ण प्रयोग गर्न मिल्ने वस्तुमा समेत कर लिएको छ । अहिले गरेको काम ठिक छ पछि गर्ने कामहरु सोचेर गर्न आवश्यक छ ।






