खानेपानी मन्त्री यादवलाई टेरेन मेयर साम्पाङ्ग



धरान, साउन ३ । खानेपानीमन्त्री प्रदीप यादवलाई धरानका मेयर हर्ष साम्पाङ्गले टेरेका छैनन् । खानेपानीको समस्या मधेश लगायत अन्य प्रदेशहरुमा भइरहेको बेला मन्त्री यादवले मेयर साम्पाङ्ग संग छलफल गर्ने प्रयास गरे पनि मेयरले मन्त्रीलाई टेरेका छैनन् ।

बर्ष भरि कुरा मात्र गरेर समय विताउने, कामगर्ने समयमा मन्त्रालयमा समेत नभेटने मन्त्री यादव धरान गएर नै मेयर संग भेटघाट गर्ने प्रयास गरे पनि मेयरले उनलाई भेटन मानेका थिएन् । मेयर साम्पाङ्ग धराने जनताकालागि दिनरात खटेर खानेपानीको व्यवस्थापन गरेका छन् ।



शुक्रबार धरानमा सुनसरी उद्योग वाणिज्य संघले यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उनले धरानको खानेपानीसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सरकार, सरोकार भएका निकाय तथा स्थानीय बासिन्दाबीच हातेमालो आवश्यक रहेकामा जोड दिएका थिए ।

मन्त्री यादवले आफू राजनीति गर्न मात्र नभई विद्यमान समस्याको समाधान खोज्न आएकाले सहकार्यमार्फत विकल्प खोजिने स्पष्ट पारे । खानेपानीसम्बन्धी समस्या समाधानका लागि तत्काल छलफल गरी विकल्पसहित सहकार्य अपरिहार्य रहेको उनले खाँचो औंल्याए ।

‘प्रधानमन्त्री स्वयंले धरानको समस्या समाधान गर्न मलाई पटकपटक निर्देशन दिनुभएको छ । तर यहाँ छलफल गर्न आएको बेलामा धरान नगरप्रमुखले समय दिनुभएन, यो दुःखद् हो’, उनले भने ।

मन्त्री यादवका अनुसार संघीय सरकारले धरानको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा चार करोड बजेट विनियोजन गरिसकेको छ ।

संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएमात्र देशभरका खानेपानी समस्या समाधान सम्भव हुने मन्त्री यादवले विश्वास व्यक्त गरे । ‘खानेपानी मन्त्रालयको नेतृत्व सम्हालेसँगै जनतालाई समस्याबाट मुक्त गराउनु मेरो पहिलो प्राथमिकता र दायित्व हो’, यादवले भने ।

धरानका मेयर साम्पाङ्ग प्रधानमन्त्री, सम्वन्धित मन्त्री सम्म धरानमा खानेपानीको व्यवस्थापनकालागि पटक–पटक काठमाडौं धाएका थिए । तर काठमाडौंले साथ नदिए पछि उनी स्थानीयबासीहरुको श्रमदानको मद्दतले खानेपानीको व्यवस्थापन गरेका छन् ।

प्रकाशित मिति: २०८२ श्रावण ३, शनिबार ०९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको