शेखर कोइरालाको पक्षमा ६० प्रतिशत सांसद : डा. सुनिल शर्मा

सरकार परिवर्तनको चर्चा चुलिँदै, मन्त्री फिर्ता बोलाउने तयारी


काठमाडौं, साउन ४। नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पार्टीभित्र शेखर कोइरालाको पक्षमा करिब ६० प्रतिशत सांसद रहेको दाबी गर्नुभएको छ। आइतबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै सांसद शर्माले कोइरालापक्षीय नेताहरूबीच भएको छलफलको जानकारी दिँदै यस्तो बताएका हुन्।

“आजका मितिमा डा। शेखर कोइरालाले चाहँदाखेरी संसदीय दलमा हाम्रो सम्मानजनक अवस्था छ,” शर्माले भन्नुभयो, “संसदीय दलमा भिड्ने हो भने ६० प्रतिशत पुग्छ।” उहाँका अनुसार कोइरालापक्षीय नेताहरू केन्द्र तथा प्रदेश सरकारमा रहेका आफ्ना निकट मन्त्रीहरूलाई फिर्ता बोलाउनेबारे पनि छलफलमा जुटेका छन्।



शर्माले भने, “हाम्रा जति पनि साथीहरू केन्द्रीय स्तरमा वा प्रदेश स्तरमा मन्त्री मण्डलमा हुनुहुन्छ, यी सबै साथीहरूलाई ब्याक बोलाउने भन्नेसम्म पनि जान सक्छ।” तर उनले अन्तिम निर्णय आउन बाँकी रहेको बताउँदै अर्को चरणको बैठकपछि मात्र निष्कर्ष निकालिने उल्लेख गर्नुभयो।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र सरकारमा सहभागी नेकपा एमाले नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच हालै भएको भेटपछि सरकार परिवर्तनको चर्चा चुलिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीच दुई घण्टा लामो छलफलपछि राजनीतिक तापक्रम झनै बढेको छ।

यद्यपि सत्ता समीकरण परिवर्तनको विषयमा औपचारिक धारणा आइसकेको छैन, तर कोइरालाको पक्षमा सक्रियता र नेकपा नेताहरूको चलखेलबीच राजनीतिक अस्थिरताको संकेत देखिएको छ। शेखर समूहको यो चहलपहल कांग्रेसभित्रै नेतृत्वको प्रतिस्पर्धा चर्किनसक्ने अनुमानसहित सरकार परिवर्तनको बहसमा समेत नयाँ मोड ल्याएको देखिन्छ।

पार्टी नेतृत्व र सरकार दुबै तहमा हुने सम्भावित फेरबदललाई लिएर आगामी दिनहरूमा नेपाली राजनीतिमा नयाँ समीकरण बन्ने सम्भावना प्रवल बन्दै गएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार १८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको