यदुकुहाको जय माता दी डेन्टल हेल्थ केयर अबैध



जनकपुरधाम, साउन ९ । धनुषा जिल्लाको यदुकुहाको जय माता दी डेन्टल हेल्थ केयर अवैध रुपमा सञ्चालनमा रहेको पाइएको छ । धनुषाको शहीदनगर ननगरपालिका–३ यदुकुहामा अनुगमनको क्रममा बिना दर्ता डेन्टल हेल्थ केयर संचालनमा रहेको पाइएको छ।

नेपाल मेडिकल काउन्सिल तथा स्थानीय तहमा समेत दर्ता नगरी संचालनमा रहेको यदुकुहाको जय माता दी डेन्टल हेल्थ केयर प्रा.लि.का संचालक शम्भु कुमार भास्करले दैनिक दर्जनौ बिरामीको अबैध रुपमा दाँतको जाँच गरिरहेको पाइएको छ । उनले आफ्ना पत्नी अम्बिका कुमारी यादवको नाउँमा कम्पनी रिजष्टार कार्यालयमा दर्ता गरी पान नं. मात्र लिई क्लिनिक संचालन गर्दै आइ रहेको छन् ।

दाँत सम्बन्धी उपचार गर्न बिना दर्ता नै संचालनमा ल्याएको सो क्लिनिकमा अबैध तरिकाले हड्डी भाँचेको समेत उपचार गरेको भिडिओ समेत बाहिर आएपछि नेपाल मेडिकल काउन्सिलमा परेको उजुरीका आधारमा अनुगमन गरिएको छ । नेपाल डेन्टर एशोसिएशनका केन्द्रिय अध्यक्ष तथा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अजय शाह, विज्ञ डा. सुमन कर्ण सहितको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा सो डेन्टल क्लिनिक पूर्ण रुपमा अबैध रहेको पाइएको छ ।

अनुगमनका क्रममा त्यहाँ एक जना पनि डाक्टरको नियुक्ति नगरी बोर्डमा दाँत तथा मुख रोग विशेषज्ञ डा. कपिलदेब यादव तथा डा. बिनिता अधिकारीको नाउँ उल्लेख रहेको भएपनि ती दुबै जना डाक्टर कहिले पनि नआएको पाइएको छ । डा. यादव जनकपुरधाममा आफ्नै क्लिनिक संचालन गरी काम गर्दै आएका छन् भने डा. विनिता अधिकारी दुई वर्ष देखि काठमाडौँमा कार्यरत छिन् ।

अनुगमन टोली पुगेको बेला डुमरियामा रहेको सुर्यनाथ राण स्मृति अस्पतालमा कार्यरत दन्त रोग विशेषज्ञ डा.रामकेवल साह एक जना महिलाको दाँतको उपचार गर्दै थिए । उनले आफू केही दिनका लागि मात्र आँशिक रुपमा साताको तीन दिन काम गर्दै आएको बताएका थिए । सो डेन्टल क्लिनिक मेडिकल काउन्सिल तथा स्थानीय तहमा दर्ता विना नै संचालन गरी दातको डाक्टर नरहेको संचालक भास्कर आफै उपचार गर्दा धेरै जना विरामीको दात स्वास्थ्यमा थप जटिलता समेत आएका स्थानियबासीको भनाई छ ।

त्यहाँ उचारमा आएका स्थानीय मालती रजकले आफू दातको उचारका लागि आए पनि बोर्ड उल्लेख भएको नामको डाक्टर नरहेको विषयमा आफूलाई थाहा नरहेको बताईन । उनी जस्तै दैनिक दर्जनौ विरामी ठगिने गरेका छन् । नेपाल मेडिकल काउन्सिलको तर्फबाट अनुगमनमा आएका डा. अजय शाहले संचालक भास्कर संग काजगातहरु तथा कार्यरत चिकित्सकको नियुक्ति पत्र लगायतका कागजातहरु माग गर्दा नदिएपछि काउन्सिलमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिए ।

आफू सिएमएको पढाई गरेको भास्कर दैनिक रुपमा दर्जनौ दाँतका विरामीको उपचार गर्दै आएका छन् । स्थानीय प्रशासन, शहीदनगर नगरपालिकाका स्वास्थ्य शाखा यस प्रति अन्भिज्ञ रहेका छन् । काउन्सिलमा परेको उजुरीका आधारमा जय माता दी डेन्टल हेल्थ केयरमा अनुगमन गरिएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रवार २०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको