नियमावली अनुसार नै शिक्षक अभिभावक संघ बन्नुपर्छ : मन्त्री पन्त



काठमाडौं, साउन २२ । शिक्षामन्त्री रघुजी पन्तले नेपाल सरकारको नियमावली अनुसार नै शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका छन् ।

बिहीबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले उनले नियमावली अनुसार शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘अभिभावक संघका सम्बन्धमा नियमावलीमा एउटा बन्दोबस्त छ । शिक्षक अभिभावक संघ भन्ने छ । त्यो नेपाल सरकारको नियमावलीमा रहेछ । त्यसैले यो अभिभावक संघलाई त्यही शिक्षक अभिभावक नियमावलीले चिन्ने भएकाले सोही अनुसार संघ बनाइदिंदा राम्रो हुन्छ ।’

उनले उपसमितिको प्रतिवेदनलाई सरकारले सकारात्मकरुपमा लिएको भन्दै केही विषयमा संशोधन गर्न आवश्यक रहेको बताए ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले उपसमितिको प्रतिवेदन पढेर सुनाएका थिए ।

 

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार १७:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको