काठमाडौं, साउन २४ । कैलाली कारागारमा झडपहुँदा एक जनाको मृत्यु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका स्थीत कारागारमा रहेका कैदीबन्दीहरु बीच झडप हुँदा एक जनाको मृत्यु र ४७जनाघाइते भएको जिल्लाप्रहरी कार्यालय कैलालीकाप्रवक्ताप्रहरी नायब उपरीक्षक राजकुमार सिंहलेनेपालन्यूज बैंकलाई जानकारी दिए ।
उनकाअनुसार झड्पकाक्रममाकैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ भनेघाइतेहरु सबैको अहिले सेतीप्रादेशिकअस्पतालमाउपचार भइरहेको छ ।
उनले भने,‘हिजो राति कैदीबन्दीबीचझडपभएको थियो । झडपमापरि धनगढीउपमहानगर वडा नं ४ घर भएकाकैदीबन्दी भरत चौधरीको चाँही मृत्यु भइसकेको छ । ४७जनाघाईते छन् । घाइतेहरुको अहिले सेतीप्रादेशिकअस्पतालमाउपचार भइरहेको छ ।’
कैदीबन्दीहरु बिच के विषयमाझडपभएको थियो भन्ने कुरा अझै नखुलेको बताउँदै उनले अनुसन्धान जारी रहेको जानकारी दिए ।






