रेल्वेको ठक्करले हिरा अस्पतालको गाडी क्षतिग्रस्त



जनकपुरधाम, साउन २५ । नेपाल रेल्वेको ठक्करले हिरा अस्पताल जनकपुरको गाडी क्षतिग्रस्त भएको छ ।

कुर्थाबाट जयनगरस तर्फ जाँदै गरेको नेपाल रेल्वले थापा चोक स्थित क्रसिङ्गमा हिरा अस्पतालको कारलाई ठक्कर दिएको हो ।
कार रेल्वे क्रसिङ्ग पार गर्न लाग्दा कारको चक्का लिकमा फसे पछि रेल्वेले ठक्कर दिएको स्रोतले जनाएको छ ।

रेल्वेको ठक्करलेप हिरा अस्पतालको बा . प्र. ०१–०२५ च १२९० नम्बरको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कारमा सबार चालक लक्ष्मिनियाँ गा.पा निकाल बस्ने २२ वर्षिय ललित यादव सकुशल रहेका छन ।

प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार १०:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको