निजी विद्यालय संचालकहरुद्वारा जनकपुरधाममा प्रदर्शन

नयाँ शिक्षा ऐनले निजी विद्यालय बन्द गराउने दावी


जनकपुरधाम, भदौ ९ । नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरि ल्याउन लागिएको भन्दै निजीविद्यालय संचालकहरुले आज जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

निजी विद्यालयहरुको संगठन प्याव्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिद्वारा संयुक्त रुपमा आयोजित विरोध प्रदर्शनमा निजीविद्यालय संचालकहरुले संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धि केही प्रावधान तत्काल सच्याउन माग गरेको छ।

प्याब्सनका प्रदेश अध्यक्ष गणेश साहको नेतृत्वमा जनकपुरधाम स्थित निधि भवन बाट शुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै प्रदेश सभा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै संचालकहरुले निजी विद्यालयलाई गैरनाफा मुलक बनाउनु पर्ने प्राबधान प्रति आक्रोश व्यक्त गरेका थिए ।
कार्यक्रममा एन प्याब्सनका बरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया , उपाध्यक्ष जेपी चौधरी, संजिव ठाकुर, आशिष झा सहित आठ वटै जिल्लाका संघ संगठन आवद्ध प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो ।

सरकारले संघीय शिक्षा ऐनमा परिवर्तन नगरे निजीविद्यालय पूर्णरुपमा बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी निजी विद्यालय संचालकहरुले दिदै आएका छन ।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको