पाकिस्तानमा बम विस्फोट, ११ जनाको मृत्यु



एजेन्सी, भदौ १८ । पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा मंगलबार एक ¥यालीमा भएको बम विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।

पुलिस अधिकारी हमजा शफातका अनुसार पूर्व प्रान्तीय मुख्यमन्त्री सरदार अताउल्लाह मेङ्गलको पुण्यतिथिको अवसरमा आयोजित ¥यालीमा यो विस्फोट भएको हो । ¥यालीमा उपस्थित उनका छोरा र बलुच नेता सरदार अख्तर मेङ्गल भने सुरक्षित रहेको जनाइएको छ ।

शफातका अनुसार जब ¥याली सकिएर भीड बाहिर निस्कँदै थियो, त्यसैबेला पार्किङ क्षेत्रमा बम विस्फोट भएको थियो। अर्का प्रहरी अधिकारी अतहर रशीदले प्रारम्भिक अनुसन्धानका आधारमा यो विस्फोट आत्मघाती हमला हुनसक्ने बताएका छन्।

यो घटनापछि तत्काल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। क्वेटा रहेको बलुचिस्तान प्रान्त अफगानिस्तान र इरानसँग सिमाना जोडिएको क्षेत्रमा पर्छ, जहाँ इस्लामी आतंकवादी र बलुच अलगाववादी समूह दुवै सक्रिय रहेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार ०७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको