एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै



काठमाडौं ,भादौ १८ ।  नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । यही भदौ १९ गते (बिहीबार) एमालेको केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिनेछ ।



यस्तै, बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । गौतमलेका अनुसार तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिनेछ ।

एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म हुनेछ ।  ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदैछन्।

प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको