अर्को महिना दक्षिण कोरिया जाने तयारीमा ट्रम्प, चिनफिङसँग भेट हुने सम्भावना



एजेन्सी, भदौ २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी अक्टोबरमा दक्षिण कोरियाको भ्रमणमा जाने तयारीमा छन्। ट्रम्पले त्यहाँ हुने एशिया प्रशान्त आर्थिक सहयोग (apeck) समिटमा सहभागी हुनेछन्।

यसै अवसरमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय वार्ता हुने सम्भावना रहेको छ। साथै, ट्रम्पले उत्तर कोरियाका तानाशाह किम जोङ उनसँग पनि भेट गर्न सक्ने बताइएको छ।

एपेक समिट दक्षिण कोरियाको ग्योंगजु सहरमा आयोजना हुने भए पनि यसको निश्चित मिति अझै सार्वजनिक गरिएको छैन। अनुमान गरिएअनुसार यो सम्मेलन अक्टोबरको अन्त्य वा नोभेम्बरको सुरुवातमा हुन सक्छ।

चिनफिङसँग गम्भीर छलफल

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार, ट्रम्प र चिनफिङबीच गम्भीर विषयमा छलफल हुने अपेक्षा गरिएको छ। गत महिना फोन वार्ताका क्रममा चिनफिङले ट्रम्प र उनकी पत्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिएका थिए।

किम जोङ उनसँग पनि भेट सम्भावना

ट्रम्पले दक्षिण कोरिया भ्रमणका क्रममा किम जोङ उनसँग भेट गर्न सक्ने अनुमान गरिएको छ। तर, किम ब्एभ्ऋ समिटमा सहभागी हुने वा नहुने कुरा भने अझै प्रष्ट भएको छैन।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंगले गत सातैँ ब्एभ्ऋ समिटमा सहभागी हुन ट्रम्पलाई औपचारिक निमन्त्रणा पठाएका थिए। ट्रम्पले निमन्त्रणा स्वीकार गर्दै किम जोङ उनसँग भेट गर्न इच्छाशक्ति देखाएका थिए।

यदि चिनफिङ र किम दुबैसँग ट्रम्पको भेट निश्चित हुने हो भने आगामी महिना हुने ब्एभ्ऋ समिटमा विश्वको ध्यान केन्द्रित हुने निश्चित छ।

प्रकाशित मिति: २०८२ भाद्र २२, आईतवार ०८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको