काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कफ्र्यू आदेश जारी



काठमाडौं, भदौ २७ । नेपाली सेनाले शुक्रबार नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा र कफ्र्यू आदेश लाई निरन्तरता दिने भएको छ ।

एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विहान ११ बजे देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।
यस्तै बेलुकी ७ बजे देखि भाद्र २८ गते विहान ६ बजे सम्म कफ्र्यू आदेश जारी गरेको छ ।



नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अत्यावश्यक कार्यको लागि विहान ६ बजे देखि विहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजे सम्म आवतजावत गर्न सकिनेछ ।

निषेधाज्ञा तथा कफ्र्यूको दौरान समेत अत्यावश्यक सेवाका ९एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यास लगायतको इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधी ओसारपसार गर्ने० सवारी साधनहरु सञ्चालन गर्न सकिने नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्था लगायतका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो सक्कल परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने समेत सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, आन्तरिक र अन्तराष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् भने आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न समेत सकिने छ ।

प्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रबार ०८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको