गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध



सुर्खेत, असोज १ ।  रातभरीको अवरल बर्षाका कारण कर्णाली राजमार्गको गगने भीरमा पहिरो खसे पछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट खण्डको गगने भीरमा मंगलबार राति पहिरो खसे पछि राजमार्ग अवरुद्ध भएको हो ।

असार यता गगनेभीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ । वर्षा हुने बित्तिकै गगनेभीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए ।



‘गगने खोलामा नियमित पहिरो गएपछि बटो खुलाउन कठिन भएको छ’ उनले भने, ‘वर्षा रोकिए पछि बाटो खुलाउने गरि पहल भई रहेको छ ।’ बिहानैदेखि राजमार्ग खुलाउन प्रयास गरिए पनि माथिबाट पुन पहिरो खस्न थालेपछि अहिले काम रोकिएको उनले बताए । पहिरो पन्छाउन जेसीभी मेसिन लगाइसकेको र वर्षा नरोकिए पछि राजमार्ग खुलाउन समस्या भएको उनको भनाई छ ।

राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन् ।

प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको