कैलालीमा युवकको विभत्स हत्या, टाउको बोकेर प्रहरीमा पुगे दुई अभियुक्त



धनगढी, असोज २५ । कैलालीमा आपसी विवादका कारण एक युवकको विभत्स हत्या भएको छ।

घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्या गरेको आरोपमा संलग्न दुई जना युवकले राति नै प्रहरीमा आत्मसमर्पण गरेका छन्।

उनका अनुसार घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्रीले मृतकको टाउको बोकेर शुक्रबार राति इलाका प्रहरी कार्यालय सुखडमा गएर आत्मसमर्पण गरेका हुन्।

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८२ आश्विन २५, शनिबार ०८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको