जेनजी आन्दोलन हिंसात्मक बन्नेमा आपराधिक मानसिकताका व्यक्तिहरूको भूमिका– गृहमन्त्री अर्याल



काठमाडौं, असोज ३१ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलन हिंसात्मक हुनुमा आपराधिक मानसिकताका व्यक्तिहरूको भूमिका रहेको बताएका छन्।

७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा सरकारी प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सेवा प्रदायक कार्यालय र व्यक्तिगत सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाट भएको जानकारी दिएका छन्।

उनले उल्लेख गरे, “सयौं प्रहरी कार्यालयमा आगजनी भयो। सवारी साधनहरु तोडफोड भए, हातहतियार र सुरक्षा उपकरणहरु लुटिए। प्रहरीमाथि भौतिक आक्रमण पनि भएको थियो। तर नेपाल प्रहरी नागरिक सँगै रहेको संस्था हो भन्ने सत्य अहिलेको नागरिक सहभागितामार्फत भएको मर्मत र पुनर्स्थापनाले पुष्टि गरेको छ।”

गृहमन्त्रीले आपराधिक गतिविधिले आन्दोलनलाई हिंसात्मक बनाएपनि प्रहरी र सरकारको प्रयासले स्थिति नियन्त्रणमा रहेको बताएका छन्।

प्रकाशित मिति: २०८२ आश्विन ३१, शुक्रबार १२:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको