अझै खुलेन बीपी राजमार्ग, पहिरो र लेदोले यातायात ठप्प



काभ्रेपलाञ्चोक, कात्तिक १५ । लगातारको वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा पहिरो र लेदोको अवरोधले सडक अझै खुलेको छैन।

शुक्रबार बिहानदेखि राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खसेर आवागमन पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीले जानकारी दिएका छन्।

उनका अनुसार चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्ती क्षेत्रमा ठूला पहिरो खसेका छन् भने नार्के, पिन्थलीबेशी, विरुवाडाँडा र डालाबेशी क्षेत्रमा लेदो र बाढी पसेका कारण सडक आवागमन असम्भव भएको हो।

माम्तीको तल्लो भागमा गत आसोजमा बगेर बनेको डाइभर्सनमा पनि लेदो र बाढी पसेको प्रहरीले जनाएको छ।

अवरोध हटाउन सडक विभाग र स्थानीय प्रशासनले प्रयास जारी राखेपनि वर्षा नरोकेसम्म राजमार्ग खुल्न समय लाग्ने अनुमान गरिएको छ।

प्रहरीले यात्रु र सवारी चालकलाई सडकको अवस्था थाहा पाई मात्रै यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १५, शनिबार ०८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको