केन्द्रिय समितिको बैठक अघि काँग्रेसको शीर्ष नेताहरुको बैठक बस्दै



काठमाडौँ, कात्तिक १६ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रिय समितिको बैठक अघि पार्टीका दुई महामन्त्रीसहित शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

केन्द्रीय समितिको बैठक बस्नु अघि सहमति खोज्ने उद्देश्यले कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूसँग छलफल गर्ने भएका हुन्।

बैठक आज बिहान ९ बजे ललितपुरस्थित धोबीघाटमा बस्ने तय भएको छ। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजै दिउँसो बस्ने तयारी छ।

१५औं महाधिवेशनको मितिबारे विवाद भएपछि गत शुक्रबारका लागि तय गरिएको बैठक स्थगित भएको थियो। शनिबार सानेपामा बसेको पदाधिकारी बैठकले सहमतिको प्रयास गरे पनि निष्कर्ष ननिकालेको थियो।

बैठकमा महामन्त्री र संस्थापन पक्षबीच कार्यतालिकाका विषयमा मतभेद देखिएको छ। महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट ‘महाधिवेशन चुनावअघि कि पछि गर्ने’ भन्ने विषयमा मतदान गर्नुपर्ने प्रस्तावसमेत गरेका थिए।

प्रकाशित मिति: २०८२ कार्तिक १६, आईतवार ०७:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको