राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान



काठमाडौं, कात्तिक १७ । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान कतार प्रस्थान गरेका छन्। बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी कतारको लागि निस्किएका हुन्।

राष्ट्रपति पौडेल सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुने कार्यक्रमका साथ कतार भ्रमणमा गएका हुन्। उनले कतारमा यही कात्तिक २० गतेसम्म औपचारिक भ्रमण गर्ने छन्।



गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: २०८२ कार्तिक १७, सोमबार ०९:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको