काठमाडौं ,मंसीर ४ । नेपाल कम्युनिस्ट पार्टी(एमाले)को सचिवालय बैठक सुरु भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठक महाधिवेशन केन्द्रित हुने छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो ।
बैठकले २७ मंसिरमा हुने महाधिवेशनको व्यवस्थापनका लागि विभिन्न समिति र उपसमिति बनाउने तयारी गरेको छ ।






