एमाले महाधिवेशनमा महिला नेतृहरू ईश्वर पोखरेलको पक्षमा खुले



काठमाडौँ ,मंसिर २३ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही महिला नेतृहरू ले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुलेका छन्।

पोखरेलको पक्षमा खुलेका नेतृहरूमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य डा। विंदा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सेना, शर्मिला कार्की, रचना खड्का र सरिता न्यौपाने समावेश छन्।



उनीहरूले महाधिवेशनमार्फत एमाले नेतृत्वमा परिवर्तन ल्याउन र पार्टीलाई लोकतान्त्रिक पद्धतिमा अघि बढाउन ईश्वर पोखरेलको समूहलाई समर्थन गर्ने घोषणा गरेका छन्।

मंगलबार काठमाडौँको हार्दिक होटलमा आयोजित अन्तरक्रिया कार्यक्रममा डा। पाण्डेले भनेकी छिन्, “हामी हाम्रो अध्यक्षलाई थप धक्का लाग्न नदिन चाहन्छौँ, बिग्रेको इमेज हेर्न चाहँदैनौँ। अब ओली कामरेड नेतृत्वबाट सहज हिसाबले विश्राम लिनुहोस् र कार्यकर्तालाई चिरा पर्ने काम नगर्नुहोस्।”

महाधिवेशनमा यो कदमले पार्टी भित्रको समीकरणमा नयाँ गतिशीलता थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २३, मंगलवार १५:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको