काठमाडौं , मंसिर २५ । नेपाल प्रिमियर लिग (एनपीएल) को नकआउट खेलमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन्। दुवै टिमबीच अहिलेसम्म दुई म्याच भएका छन्, जहाँ दुवैले एक–एक जित निकालेका छन्। अघिल्लो संस्करणमा लुम्बिनीले १९१ रनको लक्ष्य राख्दा विराटनगरले १९३ रन बनाउँदै जितेको थियो। हालको सिजनमा विराटनगरले पोखरा एभेञ्जर्सविरुद्ध २२० रनको ठूलो स्कोर पनि बनाएको छ।
आजको म्याच ‘थ्रिलिङ’ हुनसक्छस् हार्ने टिम घर फर्किनेछ भने जित्नेले फाइनल प्रवेश पाउनेछ। लुम्बिनीका कप्तान रोहित पौडेलका अनुसार नकआउट खेल भएकाले दुवै टिमलाई दबाब छ, र जसले प्रेसर सम्हाल्छ, त्यो टिम जित्ने सम्भावना बढी छ।
कमजोरी
विराटनगरको मध्यक्रम कमजोर छ। टपअर्डर चलेन भने मिडल अर्डरले दबाब सम्हाल्न सक्दैन। पछिल्ला खेलमा विदेशी खेलाडीले अपेक्षित प्रदर्शन गरेनन्। उदाहरणका लागि साम हिजलेट शून्य रन, मार्टिन गप्टिल २ रन, नरेन भट्ट शून्य रन, लोकश बम ५ रन, नारायण जोशी १ रन मात्र बनाउँदा मिडल अर्डर दबाब सहन सकेन।
लुम्बिनी भने प्रेसरमा सम्हालिन सक्ने क्षमता राख्छ। विदेशी खेलाडीहरूको समायोजन र नेपाली खेलाडीहरूको बलियो प्रदर्शनले टिमलाई स्थिर बनाएको छ। रोहित पौडेल बलिङ र ब्याटिङ दुवैमा सक्षम छन् भने दिलीप नाथ र रुबेन ट्रम्पलम्यानले बलिङमा साथ दिइरहेका छन्।

बलियो पक्ष
विराटनगर बलिङमा बलियो छस सन्दीप लामिछाने ८ खेलमा १५ विकेटसहित टप बलर छन्। लुम्बिनीमा नेपाली खेलाडीहरूको योगदान र विदेशी खेलाडीको साथले टिमलाई समग्र रूपमा बलियो बनाएको छ।
गत सिजन जस्तै लुम्बिनीले विराटनगरलाई पाँच विकेटले हराएको अनुभवले आजको खेलमा रणनीतिक फाइदा दिन सक्छ। आजको खेल टपअर्डर र मिडल अर्डरको प्रदर्शनले निर्णायक बन्नेछ।







