केपी ओली ले गराए उम्मेदवारी दर्ता



काठमाडौं, मंसिर २९ । नेकपा (एमाले)को अध्यक्ष पदको लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । भृकुटीमण्डपमा जारी बन्दसत्रमा उम्मेदवारी दर्ता को प्रक्रिया जारी रहेको छ ।

ओलीले केहीबेरअघि मात्रै आफ्नी उम्मेदवारी दर्ता गराएका हुन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफ्नी उम्मेदवारी दर्ता गराइसकेका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार, मतदान भोलि सञ्चालन हुने तय छ । आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

ओली र पोखरेल दुवैले आफ्ना प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति: २०८२ पुष १, सोमवार १५:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको