काठमाडौं, पुस ३ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो प्रभावमा देखिएको छ। नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५ अंकमा झरेको छ भने कारोबार रकममा भने वृद्धि भएको छ।
अघिल्लो कारोबार दिन २६२५ अंकमा रहेको नेप्से आज घटेर २६१५ अंकमा पुगेको हो। दिनभर बजार रातो रहँदा अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको देखिएको छ। बुधबार ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आजको कारोबारमा ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको घटेको छ। दुई कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत रूपमा हेर्दा फाइनान्स समूह सबैभन्दा धेरै १.५५ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन समूह भने स्थिर रह्यो। निर्जीवन बीमा समूह ०.२२ प्रतिशत र व्यापार समूह ०.४८ प्रतिशतले बढेका छन्।
त्यस्तै बैंकिङ समूह ०.२२, विकास बैंक ०.१२, हाइड्रोपावर ०.५५, लगानी ०.४१, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.१७, माइक्रोफाइनान्स ०.४९ र अन्य समूह १.१९ प्रतिशतले घटेका छन्।
आज दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। १० प्रतिशतले मूल्य बढ्ने कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेका छन्। सिन्धु विकास बैंकको ९.५६, सीवाईसी लघुवित्तको ४.८७ तथा सप्तकोशी विकास बैंकको ४.४४ प्रतिशतले सेयर मूल्य बढेको छ।
उता, बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.७६ प्रतिशतले घटेको छ। गुहेश्वरी मर्चेन्ट फाइनान्सको ३.१३ र मोदी इनर्जीको ३.०२ प्रतिशतले मूल्य घटेको छ।
आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा बाराही हाइड्रोपावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप र सप्तकोशी विकास बैंक रहेका छन्।






