काठमाडौं, पुस २४ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकता प्रक्रिया हाल जोखिममा परेको छ। मधेश प्रदेशमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेपछि दुवै पार्टीबीचको सहमति टुंगिन नसकेको देखिएको छ।
मधेश प्रदेशमा लोसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेस र एमालेको समर्थनमा उम्मेदवारी दर्ता गरेका छन। तर जसपा नेपालले बाँकी तीन सीटमा छुट्टै उम्मेदवारी मनोनयन गरेको छ । दलित, अल्पसंख्यक र महिला क्लस्टरमा जसपाका उम्मेदवार समावेश छन्।
महन्थ ठाकुरको प्रस्तावक वा समर्थक जसपा नेपालबाट समावेश भएको भए एकता प्रक्रिया सहज हुने थियो लोसपा)का नेताहरु बताउछन । छुट्टाछुट्टै उम्मेदवारीले अहिलेको अवस्थामा पार्टी एकता जोखिममा परेको उनिहरुको कथन छ।
पुस १३ गते दुवै पार्टीले औपचारिक रूपमा एकीकरण घोषणा गरेका थिए। तर प्रतिनिधिसभा समानुपातिक सूची पेश गर्नु अघि छुट्टाछुट्टै सूची पेश भए। पुस २७ सम्म सूची सच्याउने समय बाँकी छ, जसलाई अवसर बनाएर सहमति कायम गर्ने सम्भावना पनि रहेको नेताहरूले बताएका छन्।
लोसपाका महासचिव सुरेन्द्र झाले दुई पार्टी बीच एकता गर्ने सहमति भएपनि मोडालिटी बारे व्याप्त छलफल हुन नसकेको बताएका छन । उनले अध्यक्ष ठाकुर जनकपुरमा र जसपा अध्यक्ष उपेन्द्र यादव भैरहवामा रहेकाले छलफल हुन नसकेको तर आजै भोलीमा पुनः छलफल हुने बताउछन । पार्टी नाम र चुनाव चिन्हमा मोटामोटी सहमति भइ सकेको भएपनि अन्य विषयमा छलफल जारीनै रहेको उनको कथन छ ।
पार्टी संरचना र नेतृत्वमा उपेन्द्र यादव मात्र अध्यक्ष हुने मोडेलमा सहमति भएको जसपा नेपालका नेताहरु दावी गरेका छन । उच्चस्तरीय को(ओर्डिनेशन कमिटी मार्फत पार्टी सञ्चालन र निर्णय लिन तयारी भइरहेको छ। लोसपा–जसपा बीच पदाधिकारी र कार्यविभाजन ४०÷६० प्रतिशत अनुपातमा हुने सहमति लगभग टुंगिसकेको जसपा नेपालका सचिव शैलेन्द्र प्रसाद साहले बताएका छन । उनले भने,‘ गठबन्धन संग हामीले दुई सिट दावी गरेका थियौ, तर एक सिट मात्रै पाएपछि छुट्टै उम्मेदवारी दर्ता गराउनु परेको हो । अझै विग्रिएको छैन, छलफल जारी छ । दुबै अध्यक्ष आजै काठमाडौं पुगेर वृहत छलफल गर्नु हुन्छ र चाडै सहमतिमा पुग्छौ ।
तर, लोसपाका केही नेताहरूले भने महन्थ ठाकुरलाई पर्याप्त सम्मान र अधिकार दिन नखोजिएको भन्दै असन्तोष व्यक्त गरेका छन्। कार्यकारी अध्यक्ष उपेन्द्र प्रमुख बनाउने प्रस्तावमा पनि उनिहरुले प्रश्न उठाएका छन ।
पुस २७ सम्मको सूची सच्याउने समय र को(ओर्डिनेशन कमिटी गठन भएपछि मात्रै दुवै पार्टीबीच वास्तविक एकता कायम हुने सम्भावना छ। अहिलेको स्थितिमा छुट्टाछुट्टै उम्मेदवारीले एकता प्रक्रियामा अस्थिरता ल्याएको छ, तर सहमति पुनः कायम गर्ने प्रयास जारी छ।






