जनकपुरधाम, माघ ४ । मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले जाँदाजाँदै गरेको यातायात हाकीमहरुको सरुवा वर्तमान मुख्यमन्त्री कृष्णाप्रसाद यादवले सदर गरेको छ । हुनत कृष्णाप्रसाद यादवले मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै सो निर्णय पहिलो बैठक वाटनै वदर गरेका थिए तर माघ २ गते मधेश प्रदेशका सवै यातायात कार्यालयको हाकीमहरुलाई सोही व्यक्तिहरुलाई सोही ठाउँमा सरुवा गरेका छन् ।
तत्कालीन मुख्यमन्त्री यादवले विश्वासको मत लिनु भन्दा पूर्व मधेश प्रदेशका यातायात कार्यालयका अधिकांश हाकीमहरुको मोटो रकम लिएर सरुवा गरेका थिए । उनले सवै हामीहरुवाट लाखौं रुपैयाँ लिएको आरोप तत्कालीन समयमा लगाइएको थियो । सोही ठाउँमा सोही कर्मचारीहरुलाई पठाइए पछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोही सेटिङ्गलाई सदर गरेको आरोप लगाइएको छ ।
यि सरुवा विवादमा पर्न नचाहेका प्रमुख सचिव कमल प्रसाद भट्टराई रामकुमार महतोलाई निमित दिएर काठमाडौं गएका मौका छोपी महतोले सरुवा सदर गरेका छन् । मुख्यमन्त्री यादवले महतोलाई प्रलोभमा पारेर तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले गरेको निर्णयलाई मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदर गराएका छन् ।
स्रोतका अनुसार एउटा यातायातको हाकीम बन्नकालागि कम्तिमा ३० लाख रुपैयाँ तत्कालीन मुख्यमन्त्री यादव समक्ष बुझाएका थिए । सोही रकम वर्तमान मुख्यमन्त्री यादवलाई बुझाएर सरुवा सदर गराएको छ ।

तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादव प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारी गरिरहेका बेला कर्मचारीहरुले सो रकम फिर्ता माग्न थालेपछि सरोजले कृष्णा संग विशेष बैठक गरी सो निर्णयलाई सदर गराएको स्रोतको दावी छ ।







