मधेश प्रदेश कर्मचारी सरुवामा यातायात मन्त्रालयको काउन्टर



जनकपुरधाम, माघ ५ । निर्वाचन आचार संहिताको पूर्व संध्यामा मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गरेकोे कर्मचारी सरुवलाई श्रम तथा यातायात मन्त्रालयले काउन्टर दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले माघ २ गतेको मितिमा गरेको कर्मचारी सरुवामा परेका कर्मचारीहरुलाई हाजिर नगराउन श्रम तथा यातायात मन्त्रालयले आफु मातहतका सबै कार्यालयलाई पत्राचार गरेको छ ।



मन्त्रालयका शाखा अधिकृत सुनिल कुमार साहले सबै यातायात कार्यालयलाई पत्राचार गर्दै लेखेका छन ,‘ यस मन्त्रालयको मा. मन्त्रीस्तरको निर्णय अनुसार त्याहा कार्यालयमा सरुवा भइ हाजिर हुन आउने कुनै पनि कर्मचारीलाई यस मन्त्रालयको पत्र विना हाजिर हाजिर नराउन हुन पुनः निर्णय भएको हुदा निर्णय कार्यान्वयन गर्न गराउनहुन जानकारीको लागि अनुरोध छ ।

मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले जाँदाजाँदै गरेको यातायात हाकीमहरुको सरुवा वर्तमान मुख्यमन्त्री कृष्णाप्रसाद यादवले पहिलो बैठक बाटै बदर गरेका थिए ।

तर माघ २ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्वमुख्यमन्त्री यादवले गरेको सरुवा अनुसार नै पुनः सरुवा गरे पछि यातायात मन्त्रालयले कार्यान्वयनमा रोक लगाएको हो ।

तत्कालीन मुख्यमन्त्री यादवले विश्वासको मत लिनु भन्दा पूर्व मधेश प्रदेशका यातायात कार्यालयका अधिकांश हाकीमहरुको मोटो रकम लिएर सरुवा गरेका थिए । उनले सवै हामीहरुवाट लाखौं रुपैयाँ लिएको आरोप तत्कालीन समयमा लगाइएको थियो । सोही ठाउँमा सोही कर्मचारीहरुलाई पुनः पठाइए पछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोही सेटिङ्गलाई सदर गरेको आरोप लगाइएको छ ।

यि सरुवा विवादमा पर्न नचाहेका प्रमुख सचिव कमल प्रसाद भट्टराई रामकुमार महतोलाई निमित दिएर काठमाडौं गएका मौका छोपी महतोले सरुवा सदर गरेका छन् । मुख्यमन्त्री यादवले महतोलाई प्रलोभनमा पारेर तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले गरेको निर्णयलाई मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदर गराएका छन् ।

स्रोतका अनुसार एउटा यातायातको हाकीम बन्नकालागि कम्तिमा ३० लाख रुपैयाँ तत्कालीन मुख्यमन्त्री यादव समक्ष बुझाएका थिए । सोही रकम वर्तमान मुख्यमन्त्री यादवलाई बुझाएर सरुवा सदर गराएको छ ।

तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादव प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारी गरिरहेका बेला कर्मचारीहरुले सो रकम फिर्ता माग्न थालेपछि सरोजले कृष्णा संग विशेष बैठक गरी सो निर्णयलाई सदर गराएको स्रोतको दावी छ ।

प्रकाशित मिति: २०८२ माघ ५, सोमबार ०९:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको