जसपा नेपाल मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा दिए उम्मेदवारी, यी हुन उम्मेदवारहरु



जनकपुरधाम, माघ ७ । जनता समाजवादी पार्टी नेपालले आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि मधेश प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन ।

पार्टी उपेन्द्र यादव देखी लिएर पार्टीका अधिकांश शीर्ष नेताहरु मधेश प्रदेशबाटै उम्मेदवारी दर्ता गराएका छन । अध्यक्ष उपेन्द्र यादव सप्तरी ३ बाट उम्मेदवारी दिएका छन भने शिर्ष नेताहरुमा उमेश यादव सप्तरी २, राजकिशोर यादव सिरहा ४, शरत सिंह भण्डारी महोत्तरी, २, डा. सुरेन्द्र यादव महोत्तरी ४, गोविन्द चौधरी रौतटह ३मा उम्मेदवारी दिएका छन ।



मधेश प्रदेशलाई नै आधार बनाएर राजनीति गर्दै आएको जनता समाजवादी पार्टी नेपाल अधिकांश सिटमा जित हात पार्ने दाबी गर्दै आएका छन ।

सप्तरी
१ श्याम सरदार
२ उमेश यादव
३ उपेन्द्र यादव
४ डा. बबि सिंह यादव

सिरहा
१ सत्यनारायण यादव
२ संजिव कुमार यादव
३ अशेश्वर यादव
४ राजकिशोर यादव

धनुषा
१ दिपक कार्की
२ पशुपति यादव
३ परमेश्वर साह
४ डा. ई. कृष्णचन्द्र साह

महोत्तरी
१ योगनारायण महतो
२ शरदसिंह भण्डारी
३ मिनाक्षी ठाकुर
४ डा. सुरेन्द्र यादव

सर्लाही
१ राम प्रकाश चौधरी
२ भरत चौधरी
३ डा. जेपी यादव
४ रामेश्वर राय यादव

रौतहट
१ योगेन्द्र राय यादव
२ रामअशिष राय यादव
३ गोविन्द चौधरी
४ राजकुमार दास

बारा
१ रामबाबु यादव
२ राम किशोर यादव
३ रामबाबु कुमार यादव
४ संजु साह

पर्सा
१ रामनरेश यादव
२ अशोक टेमानी
३ नागेन्द्र यादव
४ डा. कृपासिन्धु चौधरी

प्रकाशित मिति: २०८२ माघ ७, बुधबार ०८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको