राजविराज नगरपालिकामा पुस्तक प्रर्दशनी



सप्तरी, माघ ८ । पठन संस्कृतिको विकास तथा पठनशैलीको निरन्तरताका लागी राजविराज नगरपालिकाले विशेष पुस्तक प्रर्दशनी सहित विद्यार्थीलाई निःशुल्करुपमा पुस्तक प्रदान गरेको छ ।

सरस्वती पुजाको अवसर पारेर विहीवार साहित्यिक संस्था साझा प्रकाशनमा एक दिने विषेश पुस्तक प्रर्दशनीको आयोजना गरेर नगरपालिकाले नगरक्षेत्रका आधा दर्जन विद्यालयका छात्र÷छात्रालाई निःशुल्क पुस्तक वितरण गरेको हो ।



वितरण गरिएका पुस्तकहरुमा स्वास्थ, कानुन, सामान्य ज्ञान, बालसाहित्य, शब्दकोष, खेलकुद, ब्याकरण, निबन्ध, नैतिक शिक्षा लगायतका पुस्तकहरु छन ।

प्रर्दशनीको उदघाटन गर्दै कार्यवाहक नगर प्रमुख इसरत परवीनले बैकल्पिक साधनको बढ्दो प्रयोग संगै पुस्तक पढ्ने बानी हराउँदै गएकोले पठन संस्कृतीको विकास र पठन शैलीको निरन्तरताका लागी नगरपालिकाले विद्यार्थीहरुलाई लक्षित गरी निःशुल्क पुस्तक प्रर्दशनीको आयोजना गरेको बताईन ।

“विभिन्न प्रविधीको विकास संगै पुस्तक पढ्ने बानी घट्दै गएको छ, उनले भनिन–अन्य प्रविधीबाट जति ज्ञान हासिल गरेपनि पुस्तक विनाको ज्ञान अधुरै हुन्छ ।”

उनले “एउटा पालिका एउटा पुस्तकालय” सोच अनुसार राजविराजमा लेखनाथ पुस्तकालयलाई पुनः संचालनमा ल्याउन लागिएको जानकारी पनि दिईन ।

लामो समय देखी बन्द रहेको लेखनाथ पुस्तकालय पुनः संचालनका लागी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरिसकेको जानकारी दिदै उनले यसै आर्थिक वर्षमा सो पुस्तकालय संचालनमा ल्याउने गरी गृह कार्य अघि बढेको बताईन ।

नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र यादवले विभिन्न कुलतबाट युवा र विद्यार्थीलाई जोगाउन ज्ञानगुणका पुस्तक अध्यन जरुरी रहेको भन्दै यसका लागी यस्ता पुस्तक प्रर्दशनी फलदायी हुने बताए ।

शिक्षा समितीका सदस्य एंव साहित्यकार देवेन्द्र मिश्रले डिजिटल युगमा पुस्तक पढ्नेबानी हराउँदै गएका बेला राजविराज नगरपालिकाले गरेको प्रयास सराहनिय रहेको बताए ।

कार्यक्रममा साहित्यीक संस्था साझा प्रकाशनका प्रमुख मनोज कुमार माझी, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देव, वडाअध्यक्ष सुभाष चन्द्र यादव, समाजिक अभियन्ता सुरेश मुखिया लगायतले पनि बोल्दै नगरपालिकाले पठन संस्कृतिको विकासका लागी गरेको प्रयासको प्रशंसा गरेका थिए ।

पुस्तक प्रर्दशनीमा राजविराज नगरपालिका क्षेत्र भित्रका जनताआधारभुत, राजदेवी, केशो अनिरुद्धबती तथा पब्लिक बिन्देश्वरी लगायतका माध्यमिक विद्यालयका चार दर्जन भन्दा बढी विद्यार्थीलाई नगरपालिकाले विभिन्न विद्याका पुस्तकहरु निःशुल्क वितरण गरेका थिए ।

प्रकाशित मिति: २०८२ माघ ८, बिहीबार १७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको