फरक–फरक शैलीमा चुनावी घरदैलो

चुनाव चिन्ह शंख बजाएर मत माग्दै गुप्ता


सप्तरी, माघ २९ । निर्वाचन अघि चुनावी प्रचार–प्रसार तथा घरदैलो कार्यक्रम स्वभाविकै हो । यस क्रममा अहिले उम्मेदवारहरु आ–आफनो नेता÷कार्यकर्ताका साथ घरदैलो कार्यक्रम गरिरहेका छन ।

कतिपय उम्मेदवारहरु मतदाताको घर र पसलमा मात्र होइन, खेतवारी, विवाह र प्रतियोगिता स्थल सम्म पुगेर मतदाता रिझाउने प्रयास गरिरहेका छन । तर कतिपय उम्मेदवारहरु फरक र अनौठो शैलीमा मतदाता रिझाउने प्रयासमा जुटेको रोचक दृष्यहरु पनि यहाँ देखिन थालेको छ । यस मध्ये एक हुन सप्तरीको क्षेत्र नं.२ मा नेपालका लागी नेपाली पार्टीका उम्मेदवार इन्द्रसागर गुप्ता ।

उक्त पार्टीका प्रत्यासी बनेका राजविराज ५ निवासी ४७ वर्षिय गुप्ता विहानै भोट माग्दै मतदाताको घरमा शंख बजाउदै पुग्ने गरेका छन । आफनो पार्टीको चुनाव चिन्ह शंख बोकेर मतदाताको घर÷घर पुग्नुलाई उनले दिनचर्या नै बनाएका छन । शंखको आवाज सुनेर घर बाहिर निस्कने मतदातालाई आफुलाई मतदिन आग्रहका साथ उनले नगद ५÷१० रुपैया र एक मुठ्ठि चामल समेत माग्ने गरेका छन ।

यसरी संकलन भएको रकम र चामललाई विपन्न समुदाय तथा साधु÷सन्तलाई वितरण गरेर चुनावमा विजयीका लागी आर्शिवाद थाप्ने गरेको उनको कथन छ । यसरी मत माग्दा चुनाव चिन्हको प्रचार तथा आफनो पक्षमा माहौल बनाउन सहज भएको उनको भनाई छ ।

घरदैलोका क्रममा हाल सम्म नगद २ हजार ५० तथा ५६ किलो चाम संकलन भएको र ती सबै साधु÷सन्त तथा विपन्न समुदायमा वितरण गरेको उनले जनाएका छन् ।

आफु जिते मुलुकलाई हिन्दु राष्ट्र बनाउने, मठमन्दिरमा पुजारीलाई तलबको व्यवस्था गर्ने, प्रत्येक घरधुरीलाई सय युनिट सम्मको विधुत निःशुल्क प्रदान गरिने, प्रत्येक विद्यालयमा गुरुकुल शिक्षा र गौशालाको व्यवस्था तथा ज्येष्ठ नागरिकलाई वर्षमा १ पल्ट निःशुल्क तिर्थाटन गराउने पार्टीको घोषणा पत्रका साथ चुनावी अभियानका लागेका उनले भने–जनताले मलाई पत्याएर आर्शिवाद दिईरहेका छन, मेरो विजय सुनिश्चित छ ।”

यस क्षेत्रमा हिन्दुत्वको नारा दिदै अर्को हिन्दुवादी संगठन नेपाल जनता पार्टीबाट पूर्व साँसद रञ्जु ठाकुर तथा राप्रपाबाट अजय कुमार दास पनि चुनावी मैदानमा छन ।

प्रकाशित मिति: २०८२ माघ २९, बिहीबार १८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको