उज्यालो पार्टीका उम्मेदवार डा. चौधरीले सार्वजनिक गरे प्रतिवद्धतापत्र



सप्तरी, माघ २९ । सरकारी जागिर छाडेर कुलमान घिसिङ्ग नेतृत्वको उज्यालो नेपाल पार्टीबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रत्यासी बनेका डा. दिपक चौधरीले राष्ट्रिय तथा स्थानिय स्तरका एजेन्डा समेटिएको १६ बुन्दे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

बर्षौंदेखि लालपुर्जा बिहिन नगरपालिका तथा आसपासका बासिन्दालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने देखि अत्यन्त सहुलियत दरमा विजुली सेवा उपलब्ध गराउने सम्म उनले प्रतिवद्धतापत्रमा समेटेका छन् ।



गजेन्द्रनारायण सिंह अस्पताल र औद्योगिक क्षेत्रमा सुधार, संघीय संरचनालाई थप बलियो बनाउने, बिजुलीको अभावमा अध्यारोमा बस्न बाध्य भएका नागरिकको घर सम्म सम्म विद्युत विस्तार गरी उज्यालो बनाउने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने, राजविराजलाई स्थानिय कला संस्कृती संग जोडेर पर्यटकीय नगरको रुपमा विकास गर्ने उनको प्रतिवद्धता छ ।

यस्तै क्षेत्रभित्रका सबै पालिकामा विकास निर्माण कार्यलाई गति प्रदान गर्ने, जिर्ण सडक खण्डको स्तरोन्नती गर्ने, कृषिलाई आधुनिकीकरण गरी उत्पादकत्वमुखी बनाउने, विपन्न समुदायका बालबालिकालाई निशुल्क शिक्षाको व्यवस्था मिलाउने तथा जेनजी भाईबहिनीहरुको उज्जवल भविष्यका लागि आवश्यक कार्य योजना बनाउने लगायतका एजेन्डा पनि उनले आफ्नो प्रतिवद्धतापत्रमा समेटेका छन् ।

नेतृत्व विकास विषयमा विद्यावारिधि गरेका उनी हालै नेपाल विद्युत प्राधिकरणको प्रवन्धक पदबाट राजिनामा दिएर राजनीतिमा होमिएका हुन् ।

राजविराज १३ विषहरिया निवासी डा चौधरीले देश बनाउन कुलमान घिसिङ्ग जस्तो नेता चाहिएको महसुस गरी उनकै नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: २०८२ माघ २९, बिहीबार १८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको