जनकपुरसभालाई एतिहासिक बनाउने कांग्रेसको दाबी



जनकपुरधाम, फागुन ५ । नेपाली कांग्रेसले फागुन ६ गते जनकपुरधाममा हुन लागेको मधेश प्रदेशस्तरीय चुनावी सभालाई एतिहासिक बनाउने दावी गरेको छ ।

मधेश प्रदेश समितिले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि सभामा मा १ लाखभन्दा बढी समर्थक उतार्ने दाबी गर्दै चुनावी सभा एतिहासिक हुने बताएका छन । पत्रकार सम्मेलनमा प्रदेश सभापति कृष्णकुमार यादवले सभापति गगन थापाले सम्बोधन गर्ने उक्त सभामा प्रदेशका ८ वटै जिल्लाबाट व्यापक सहभागिता सुनिश्चित गरिएको बताए ।



उनले भने ‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौं,‘यो सभा मधेशमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ ।’

बुधबार जनकपुरधामस्थित तिरुहुतिया गाछीमा एक समारोहबीच प्रतीज्ञा(पत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । प्रतीज्ञापत्रमा मधेशका विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा(स्वास्थ्य सुधार, पूर्वाधार विस्तार तथा सुशासनका एजेन्डा प्राथमिकतामा रहने यादवले बताए ।

प्रदेशमा कांग्रेसभित्र कुनै बागी उम्मेदवार नरहेको भन्दै पार्टी एकताबद्ध र सुदृढ अवस्थामा रहेको उनको भनाइ छ ।

‘हामी एकढिक्का भएर चुनावमा होमिएका छौँ । पार्टीभित्र असन्तुष्टि वा बागी उम्मेदवारीको अवस्था छैन,’ उनले भने ।

नेपाली कांग्रेसले मधेश प्रदेशमा आफ्नो जनाधार सुदृढ बनाउँदै आगामी निर्वाचनमा स्पष्ट बहुमतको लक्ष्य राखेको पनि नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: २०८२ फाल्गुन ५, मंगलवार १५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको