नितीश कुमारमाथि प्रशान्त किशोरको कडा आलोचना , ‘२२ सिट भ्रष्टाचारबाट जितियो’



एजेन्सी, फागुन २६। भारतको बिहार राजनीतिमा बयानबाजी तीव्र बनेको छ। चुनावी रणनीतिकार तथा ‘जन सुराज’ अभियानका संयोजक प्रशान्त किशोरले बिहारका मुख्यमन्त्री नितिश कुमारमाथि फेरि कडा आलोचना गरेका छन्।

बिहार नवनिर्माण अभियानका क्रममा भबुवा पुगेका किशोरले कार्यकर्तासँग समीक्षा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नितीश कुमारको राजनीतिक आधार कमजोर हुँदै गएको दाबी गरे।



किशोरले चुनावअघि नै एनडीए सरकार बनेपछि नितीश कुमार लामो समयसम्म मुख्यमन्त्री पदमा टिक्न नसक्ने भविष्यवाणी गरेको स्मरण गराउँदै अहिलेको राजनीतिक अवस्था आफ्नो भनाइ पुष्टि भएको बताए। उनका अनुसार नितीश कुमारसँग अब राज्यसभामा जाने विकल्प मात्र बाँकी रहेको छ।

जेडीयूले जितेका सिटबारे टिप्पणी गर्दै किशोरले चुनावमा मतदातालाई पैसा बाँडिएको आरोप लगाए। उनले भने, “यदि प्रत्येक मतदातालाई १० हजार रुपैयाँ नबाँडिएको भए जेडीयूले २२ सिट पनि जित्न सक्दैनथ्यो।”

त्यसैगरी उनले नितीश कुमारमाथि परिवारवादको आरोप पनि लगाएका छन्। अरूलाई परिवारवादविरुद्ध उपदेश दिने नितीश कुमार अहिले आफ्ना छोरा ल्ष्कजबलत प्गmबच लाई राजनीतिमा अघि सार्ने प्रयास गरिरहेको भन्दै किशोरले आलोचना गरे।

उनका अनुसार सत्ताको निरन्तरता कायम राख्न नितीश कुमार आफूले जीवनभर आलोचना गरेको परिवारवादी राजनीतितर्फ नै गएको आरोप लगाए।

प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार ०८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको