स्रोत नखुलेको रकम सहित साह पक्राउ



सप्तरी, चैत १ । स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना बस्ने रामचन्द्र साह छन् । साइकल चढेर भारतबाट नेपाल तर्फ आउँदै गरेका ४७ बर्षीय साहलाई सशस्त्र प्रहरीका सहायक निरीक्षक डिकेन्द्र ओली नेतृत्वको गस्ती टोलीले शंका लागि चेक जाँच गर्दा स्रोत नखुलेका चार लाख १३ हजार रुपैयाँ बरामद गरेको हो ।

भारतीय सिमा संग जोडिएको उक्त पालिकाको वडा नम्बर २ अंधरामन्ठ–बनैनियाँ सडक खण्डमा चेक जाँचको क्रममा उक्त परिमाणको रकम बरामद भएको सशस्त्र प्रहरीबल नम्बर ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए । दुईदिन अघि पक्राउ परेका उनी उपर अनुसन्धान सकिएपछि आईतबार घटना विवरण सार्वजनिक गरिएको हो । पक्राउ परेका साह हुण्डी कारोवारीमा संलग्न रहेको अनुमान गरिएको छ ।

बरामद नोटहरुमा एक हजार दरका दुइसय ३२, पाँच सयका ३६२, एकसय र पचासका एक÷एक, २० का दुई तथा १० एक थान रहेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको रकम र साईकल सहित पक्रउ परेका साहलाई थप कानुनी प्रक्रियाका लागि तिलाठी कोइलाडी स्थित राजविराज भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी बल गण नम्बर ६ हेड क्वाटर सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ चैत्र १, आईतवार १६:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको