इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन



झापा, चैत २ । सुर्खेतकी इनिशा विक को बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै झापाको काँकरभिट्टा मा विरोध प्रदर्शन गरिएको छ।

प्रगतिशील युवा क्लब धुलाबारी को अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्‍याली नगरका विभिन्न स्थानको परिक्रमा गर्दै पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो।



र्‍यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रदर्शनकारीहरूले ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’ र ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

खबरदारी सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, शिक्षक सुभद्रा भट्टराई, महिला अधिकारकर्मी राधा प्रधान र पूजा सापकोटा तथा मानवअधिकारकर्मी विनय कार्कीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको सजाय दिन माग गरेका थिए।

उनीहरूले यस्ता जघन्य अपराधका घटनाले समाजमा असुरक्षा बढाएको उल्लेख गर्दै पीडित परिवारलाई छिटो न्याय दिलाउन सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको