सुनचाँदीको मूल्यमा सामान्य वृद्धि   



काठमाडौँ, चैत ३ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु चार सय र चाँदी रु ७० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ३३५ निर्धारण भएको छ ।

हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २६५ निर्धारण भएको थियो । गत आइतवार एक तोला सुन रु तीन लाख नौ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०८२ चैत्र ३, मंगलवार ११:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको