कांग्रेस सभापति गगन थापाले दिए राजीनामा



काठमाडौं, चैत ५ । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन्।

यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार बनेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी का डा. अमरेशकुमार सिंहले पराजित गरेका थिए।

यसपटकको निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दा कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र प्राप्त गरेको छ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि थापामाथि राजीनामा दिनुपर्ने दबाब बढ्दै गएको थियो। यद्यपि पार्टीभित्रका केही नेताहरूले उनलाई पद नछाड्न सुझाव दिएका थिए।

थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए। उनले दिएको राजीनामाबारे निर्णय गर्न केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ५, बिहीबार ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको