कैलालीमा गोली हानी श्रीमतीको हत्या, युवक घाइते अवस्थामा अस्पतालमा



धनगढी, चैत ५ । कैलालीमा एक युवकले श्रीमतीलाई गोली हानी हत्या गरेका छन्।  गोदावरी नगरपालिका–४ अमलेशैनी निवासी अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिना का अनुसार दम्पतीबीच विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीलाई गोली हानेका थिए।

श्रीमतीको हत्या गरेपछि उनले सोही बन्दुकले आफैंमाथि पनि गोली चलाएको प्रहरीले जनाएको छ। घाइते अवस्थामा रहेका उनलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

मृतक संजिताको शव घटनास्थलमै राखिएको छ। माइती पक्ष आएपछि मात्रै उठाइने प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ५, बिहीबार ०८:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको