सल्यानमा जन्ती बोकेको जिप दुर्घटना , ४को मृत्यु , १४ घाइते



काठमाडौं, वैशाख ६ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत पुथाला क्षेत्रमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। मृतक सबै वडा नम्बर ८ का स्थानीय बासिन्दा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराई का अनुसार पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको मेहलकुना मा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ४ पुगेको हो।



यसअघि ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै ज्यान गएको थियो।

कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती लिएर जाँदै गरेको लु.प्र. ०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको थियो।

वडाध्यक्ष कुलबहादुर पुरी का अनुसार जिपमा १८ जना सवार थिए। तीमध्ये १४ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि सुर्खेत स्थित मेहलकुना अस्पतालमा लगिएको थियो।

प्रहरीका अनुसार ८ जनाको नर्सिङ होममा, २ जनाको न्युरो अस्पतालमा र अन्यलाई थप उपचारका लागि बाँके पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रकाशित मिति: २०८३ बैशाख ६, आईतवार ०७:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको