पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति



काठमाडौं, भदौ २ । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिन अस्वीकार गरेको छ।

उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन्। सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले श्रेष्ठलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।

तर, अदालतले प्रहरीको मागअनुसार श्रेष्ठलाई पक्राउ गर्ने अनुमति दिएको छैन।

यसैबीच पत्रकार श्रेष्ठले मंगलबार उच्च अदालतमा निषेधाज्ञाको निवेदनसमेत दर्ता गरेका छन्। निवेदनमा आफूलाई धरपकड नगर्न तथा आफ्ना सञ्चार उपकरण बरामद नगर्न आदेश जारी गर्न माग गरिएको छ।

श्रेष्ठ सोमबार मात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका थिए। रिहा भएको भोलिपल्टै उनीविरुद्ध पुनः पक्राउको प्रयास भएपछि घटनाले थप चर्चा पाएको छ।

उपसभामुख ठाकुरले दिएको जाहेरी र त्यसका आधारमा प्रहरीले अघि बढाएको पक्राउ प्रक्रियामाथि अब कानुनी रूपमा थप प्रक्रिया अघि बढ्ने देखिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको