हवाइफायर गरेर १३ किलो अफिमसहित दुई जना पक्राउ



नेपालगन्ज, भदौ २ । प्रहरीले बाँकेको कोहलपुरबाट ठूलो परिमाणमा लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्वका कर्णबहादुर बुढा र रुकुमपश्चिमका टोपजङ्ग भनिने टाइपसिंह गिरी रहेका छन् ।

उनीहरूको साथबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ । साथै एक थान डिजिटल तराजु र ५ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिन एक राउण्ड हवाइफायरसमेत गरिएको थियो ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको