धनुषाधामबाट कटुवा पेस्तोलसहित महिला पक्राउ



जनकपुरधाम, मंसिर ६ । धनुषा प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार ११ बजे धनुषाधाम नगरपालिका–४, गौरीपुर टोलबाट ती महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोल निवासी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् ।

प्रहरीका अनुसार उनले कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली एक राउण्ड लुकाएर बोकेको अवस्थामा फेला पारिएको थियो ।

प्रहरीले पेस्तोल र गोलीसहित महिलालाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही तथा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०८३ मंसिर ६, आइतवार १५:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको