कंगनाको पहिरनको चर्को आलोचना



काठमाडौं : बलिउड अभिनेत्री कंगना रनौतको तस्वीरको चर्को आलोचना भएको छ । फिल्म धाकडको सुटिङ पूरा भएपछि भएको पार्टीमा कंगनाले लगाएको पहिरनका कारण उनको आलोचना भएको हो ।

उनले तस्वीरमा निकै पारदर्शी कपडा लगाएकी छिन् जसका कारण उनले ट्रोलका सामना गर्नुपरेको छ ।



कंगनाले प्रायः अरुलाई पहिरनका बारेमा सुझाव सल्लाह दिइरहने गरेकोमा उनी आफैंले यस्तो पहिरन लगाएको भन्दै आलोचना भएको हो । सामाजिक संजालमा आलोचकहरुले विदेश जानासाथ कंगनाले संस्कृति बिर्सिएको आरोप लगाएका छन् ।

आलोचकहरुले कंगनाबाट आफूहरुले यस्तो अपेक्षा नगरेको बताएका छन् । कंगनाको आगामी फिल्म धाकडमा उनी एजेन्ट अग्नीको भूमिकामा देखिनेछिन् ।

प्रकाशित मिति: २०७८ भाद्र ३, बिहीबार ०१:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको