अध्यक्ष दाहालद्वारा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यलाभको कामना



काठमाण्डु । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास डल्लु पुग्नुभएको थियो । अध्यक्ष दाहालको सचिवालयका अनुसार सो अवसरमा उहाँले नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेतासमेत रहनुभएका खनालको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । भारतमा मिर्गौला प्रत्यारोपण गराउनुभएका पूर्वप्रधानमन्त्री खनाल यही भदौ १४ गते स्वदेश फर्कनु भएको हो ।

प्रकाशित मिति: २०७८ भाद्र १६, बुधबार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको