विमान दुर्घटना, विमान सवार सबैजनाको मृत्यु



काठमाडौं, माघ १९। अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी जहाज दुर्घटना भएको छ। शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मल नजिक एक प्राइभेट विमान दुर्घटना भएको छ।

फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड (ब्रान्सन विमानस्थल) जाँदै गरेको विमानमा ६ जना सवार थिए, जसको विवरण अमेरिकाको उड्डयन विभागले दिएको छ। दुर्घटनामा परेपछि लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) को जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो जहाज दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ। विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एकजना सवार थिए।



विमान तीव्र गतिमा खसेर घना आवादी भएको सहरको जमिनमा बजारिएको र त्यहाँ जहाजमा आगो लागेको थियो। केहीबेरमै आगो भीषण रूप लिँदै विस्फोट भएको थियो। दुर्घटनामा सवार सबैजनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएको छ।

प्रकाशित मिति: २०८१ माघ १९, शनिबार १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको